Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
परम पुज्य वरिष्ठ धर्म गुरु श्री क्यब्ज्ये ठुल्शिक रिन्पोछे ज्युको चिरायु रहुनको अभिवादन प्रार्थना                Nepal Buddhist Nyingma Association Notice               स्वर्णपदक बिजेता आङबाबु शेर्पालाई SMS भोट दिनुहोस:               सुचना               नेपाल बौद्ध ङिङमा संघको हार्दिक निमण्त्रणा               अष्ट्रेलियाबासी नेपालीहरुमा जरुरी सुचना!!               नेपाली समाजको ऐतिहासिक दस्ताबेज मंगोल भिजनको बिशेषंका प्रकाशन भयो               जरुरी सुचना!!               शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               


शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा


 १- ऐतिहासीक पृष्टभुमि

 ईस्वी सन  सातौं र एघारौं शताब्दीको बिचमा तिब्बतमा बौद्द धर्म र दर्शन सम्बन्धि संस्कृतमा र पालिमा लेखिएका ग्रन्थहरुलाई सम्बोटा लिपिमा तिब्बति राष्ट्रभाषामा मात्र अनुबाद गरिएकोले त्यससमयमा ब्बतका बिभीन्न भागमा रहेका बिभीन्न जनजातिहरुले पनि अआफ्नो मातृभाषा भन्दा फरक तिब्बती राष्ट्रभाषा लाई धार्मीक भाषाको रुपमा अंगिकार गरिआएका देखिन्छ। यी जनजातिहरु मध्ये पूर्वि तिब्बतको खाम प्रदेशमा बसोबास गर्ने शेर्पाका पुर्खाहरु पनि पर्दछ।

शेर्पाका पुर्खाहरु सन १४८० तिर आफ्नो मुल लो खाम प्रदेशबाट बसाँई सर्दै छ्यमूलोङमा (सगरमाथा)

 

 हिमालयको  फेदीमा गेको र ईस्वीसन १५३० तिर नाङपा ल (महालङगुर हिमाल) पार गरि निर्जन खुम्बु प्रदेशमा प्रवेश गरेको र सन १५५३ देखि यिनीहरुको सन्तानहरु फरक र स्योरोङ (सोलु) तिर बसाँई सर्ने क्रम सुरु भएको बर्णन पाईन्छ। हाल शेर्पाहरु नेपालको सोलु खुम्बु, ओखल्ढुङगा, भोज्पुर, संखुवासभा, सुन्सरी, ईलाम, ताप्लेजुङ, काठमाण्डौं, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्लाहरु सम्ममा र भारतको सिक्किम, पश्चीम बंगाल र आसाम राज्यहरुमा र समुद्रपारका मुलुकहरुमा जापान, संयूक्तराज्य अमेरिका र युरोपीय मुलुकहरु सम्म फैलिएका शेर्पा जनजातिले बोल्ने मातृभाषानै शेर्पाभाषाहो।

 शेर्पा भाषा र लिपि

बौद्धधर्म सम्बन्धि सम्पूर्ण धार्मिक र कर्मकाण्ड सम्बन्धि पुस्तकहरु सम्बोटा लिपिमा तिब्बति राष्ट्रभाषामा मात्र भएकोले शेर्पाहरुले पनि सम्बोटा लिपि र तिब्बति राष्ट्रभाषा लाईनै धार्मिक भाषा र लिपिको रुपमा  आत्मसात गर्दै आएको भएता पनि  ब्यबहारमा र आपसी लिखतमा बिगत आठ दशक यता यस  लिपिको प्रयोग भएको बिरलै पाईन्छ।

शेर्पासमुदायले स्थापना गरेका गुम्बाहरुमा पनि परम्परागत गुम्बा शिक्षा प्रणाली अनुसारनै सम्बोटा लिपी र तिब्बति भाषाको माध्यम बाट मात्र शिक्षा दिने गरिएकोले गुम्बा शिक्षा प्रणाली प्रतिको आकर्षणमा क्रमस: कमि हुदै गएको र अंग्रेजी र नेपाली अध्ययन गर्नेहरुको सङ्ख्यामा निरन्तर बृद्धी हुँदै गएको पाईन्छ। फलत हाल शिक्षित शेर्पाहरू मध्ये ९० प्रतिशत जति नेपाली  र अंग्रेजी जान्ने र लगभग १० प्रतिशत जति मात्र तिब्बति भाषा र लिपी जान्नेहरु भएको अनुमानछ।

 

३- शेर्पा भाषाको बिकाश हुन नसकेका कारणहरु

 

क- नेपालमा २४० बर्षको शाहबंसिय राजाहरुको शासन काल खण्ड, त्यसभित्रका १०४ बर्षको जहानिय राणा शासन काल र ३० बर्षे पंचयती व्यवस्थामा खस भाषालाई राष्ट्रभाषा बनाएकोले शेर्पा भाषा सहीत अन्य जनजातिको संस्कृति र भाषाको समयोचीत बिकाशहुन सकेन।

 

ख- तिब्बतका बिभीन्न गुम्बाहरु बाट बिभीन्न बिषयमा अध्ययन पुरागरि फर्कनु भएका शेर्पाको अगुवा लामा गुरुहरुले पनि तिब्बती भाषामा लेखिएका धार्मीक ग्रन्थहरु लाई बहुसंख्यक शेर्पाले बुझ्नेगरि सरल शेर्पाभाषामा अनुबाद गर्नुको सट्टामा परम्परागत तिब्बती भाषाबाट नै शिक्षा दिक्षा दिने गरिएकोले पनि शेर्पाभाषाको बिकाशहुन नसकेको देखिन्छ।

 

ग- नेपालमा शेर्पाहरु द्वारा स्थापित सार्वजनीक गुम्बाहरुमा गुम्बा  शिक्षा प्रणाली अन्तरगत शिक्षा दिने गरीन्छ। तर यो शिक्षा प्रणालिले पनि तिब्बति भाषाको माध्यमबाट बौद्धधर्म र धार्मीक तथा सामाजीक कर्मकाण्डको बिषयमा मात्र शिक्षा दिईने गरिएकोले यस शिक्षा प्रणालिबाट शेर्पा गाँउघरमा सामाजीक र धार्मीक अनुष्ठान गर्ने लामा पुरोहीतहरुको उत्पादन बाहेक शेर्पा भाषाको बिकाशमा खासै योगदान पुराएको देखिदैन।

 

घ- शेर्पाहरु राम्रो अवसरको खोजिमा आफनो थलो बाट  नेपालका बिभीन्न जिल्लाहरुमा र बिदेश तिर समेत बसाँई सर्दै जाने क्रममा निरन्तर बृद्धि भई रहेकोछ जस्ले गर्दा शेर्पाभाषा बोल्ने हरुको संख्या बिस्तारै कम हुदै गएको देखिन्छ। फलस्वरुप शेर्पाहरुमा आपसमा आफनो मातृभाषामा कुरा गर्ने बानी क्रमश: हराउदै गएको पाईन्छ।

 

४- शेर्पा भाषालोप हुनबाट कसरी जोगाउँने?

 

शेर्पा समुदायले आफनो मातृभाषाको संरक्षण र बिकाशको लागी केही नगरे आगामी दुई देखि तीन दशक भित्रनै शेर्पाभाषा इतिहासको पानामा मात्र सिमीत हुन पुग्नेछ। तसर्थ आफ्नो मातृभाषाको संरक्षण र बिकाश गर्नु सम्पुर्ण शेर्पा समुदायको नैतिक जिम्मेवारी भएकोले बिश्वको बिभीन्न भागमा छरिएर रहेका शेर्पा समुदायले आफनो मातृभाषालाई लोपहुनबाट बचाउँन निम्न आचारणहरु अनिबार्य रुपले पालन गर्नु जरुरीछ।

v     प्रत्येक परिवारले आफनो परिवार भित्र कुरा गर्दा वा बोलचाल गर्दा अनिबार्य रुपमा शेर्पा भाषामा मात्र कुरा गर्ने।

v     ससाना नानीहरुको प्रथम गुरु र पाठशालानै आमा र घर भएकोले घरमा नानीहरु सित सकभर शेर्पा भाषामा मात्र कुरा गर्ने बानी बसाल्ने।

v     शेर्पाहरुको चाडवाड, मेलापर्व, समारोह, भोज आदिमा जम्माहुने शेर्पा हरु आपसमा

कुरा गर्नु पर्दा सकभर शेर्पा भाषामानै कुरा गर्ने गरि आपसमा सहमती कायम गर्न।

v     हाम्रा धार्मीक गुरुजन हरुले पनि तिब्बति भाषा र सम्बोटा लिपि नजान्ने बहुसंख्यक शेर्पासमुदायको निमीत्त बौद्धधर्म ङिङमापा समुदायका साङ, सेर्कीम, क्यम्डो, मोला, मोलम हरु र थोटुल लाई‌ सबै शेर्पाहरुले सजिलै बुझ्न सक्ने सरल शेर्पा भाषामा अनुबाद गर्नु पर्ने। शेर्पा खेन्पोहरु, लामा गुरुहरुले धार्मीक प्रबचनहरु सकभर शेर्पा भाषामानै दिने।

v     बर्तमानमा बहुसंख्यक साक्षर शेर्पाहरुले नेपाली र अंग्रेजी भाषा नै प्रयोग गर्ने गरेकाले शेर्पा भाषालाई नेपाली देवनागरी र अंग्रेजी रोमन लिपीमा पनि लिपिबद्ध गर्न सकिने गरी शेर्पा भाषाको वर्णमाला बनाउने।

v     शेर्पाभाषा बोलाईमा एक रुपता र स्तर कायम गर्न हाल सम्ममा प्रकाशीत बिभीन्न व्यक्तिहरु द्वारा संकलीत शेर्पाँभाषा सम्बन्धि पुस्तकहरुको आधारमा सम्बोटा, देवनागरि र अंग्रेजी रोमन लिपिमा बेग्ला बेग्लै शब्दकोषहरु बनाई प्रकाशीत गर्ने।

v     शेर्पाभाषा लेखाइमा एक रुपता कायम गर्न सम्बोटा, देवनागरी र रोमन लिपिमा शेर्पाभाषाको वर्णमाला र व्याकरण तयार गर्ने।

v     शेर्पा भाषामा नभएका अत्याबस्यक शब्दहरु अरुनै भाषाबाट सापटी लिनु पर्ने हुन्छ। यस्को प्रयोजनको लागि निम्न निती अवलम्बन गर्ने ।

तिब्बति भाषालाई शेर्पाहरुले धार्मीक भाषाको रुपमा मानी आएको हुंदा शेर्पाभाषामा नभएका  धर्म र संस्कृति सम्बन्धी शब्दहरु तिब्बती भाषाबाटनै सापट लिने ।
शेर्पाभाषामा नभएका बिज्ञान र प्रविधी सम्बन्धी शब्दहरु अंग्रेजी भाषाबाट सापट लिने ।
शेर्पाभाषामा नभएका प्रशासन र राजनिती सम्बन्धी शब्दहरु राष्ट्रभाषा नेपाली बाट  सापट लिने।
५- शेर्पाभाषा संरक्षण तथा बिकाश समितिको गठन

शेर्पाभाषाको स्तरियकरण र अभिलेखीकरणको निमित्त स्वदेश तथा बिदेशमा स्थापना भएको शेर्पा किदुगहरु, शेर्पा को संस्कृति तथा कला सम्बन्धि स्थापित संघ संस्थाहरु तथा नेपाल शेर्पा संघ ( यम्बुर शेर्पा चिछोक ) आदिको सकृयता तथा  सहयोगमा  केन्द्रीय स्तरमा शेर्पाभाषाविदहरु, भाषाबैज्ञानीकहरु, अनुसन्धान कर्ताहरु समाबेस भएको एक शेर्पाभाषा संरक्षण तथा बिकाश समिति गठन गर्न आबस्यक देखिन्छ।

 

     Related
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5652549 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com