केही दसक अघी सम्म हामी शेर्पा समुदायमा (तोलाका रिठो) तोलाका थर्लिङ ल्हाखङ भनी थाहा नभएका ब्यक्ती शायद कमै होलान् जुन गुम्बामा बिभिन्न धर्मिक् अनुस्ठान्, ध्यान, जप्, दान् धर्म,तथा आध्यात्मिक् अभ्यास लगायत गुरु औतरी लामा को दर्सन गर्न लाई सर्बसाधरण को आस्था को केन्द्रको रुपमा प्रख्यात थियो। ऐतिहासिक तोलका गुम्बा हाल मरमत संभरको कमिको कारण दिन प्रतिदिन जिर्ण हुदै गैरहेको छ।
ओखल्ढुंग जिल्ला पात्ले गा बि स को वार्ड नं ३ तोलका डाँडामा अवस्थित तोलका थर्लिङ गुम्बा बि.सं. १९६०को दसकमा माहान् गुरु लामा कुस्य ज्यु बाट स्थापना गर्नु भएको थियो।गुम्बामा युगौ पुराना दुर्लभ भगवानका मुर्तिहरु,प्रसिद्ध बौद्ध ग्रन्थहरु प्रतिस्थापित थिए। शेर्पा समुदाय तथा ङिंमापा संप्रदायका प्रसिद्ध गुरु मध्येका एक पाचौ औतारी लामा गुरु कुस्य टुल्कु ज्यु को मातहतमा संचालित थर्लिङ गुम्बा मा टाढा टाढाबाट टावा आनी हरु बिभिन्न आध्यत्मिक अभ्यास बौद्ध शिक्षा
आर्जन गर्न,वङ लुङ प्रप्तिको लागी भने उपासक (जिन्दाक्)हरु पनि प्रगाड आस्था साथ आउने गर्दथे, भने गुम्बामा आयोजना गरिने सबै धर्मिक कार्यक्रम हरु, जस्तै छेच्यु, ङुंने यार्जाङ् आदि मा कोसौ टाढा बाट श्रद्धालु जनहरुको बाक्लो उपस्थिति हुनेगरेको बुडा पाकाहरु बताउछन्।
त्यस समयमा टाढा टाढा बाट बौद्ध शिक्षा आर्जन गर्न आई बसेका लामा, टावा हरु धेरै संख्यमा छाम्खाङ बनाई बसेका थिए।जिन्दाक हरु बर्षा भरी आफ्नो बारी मा उब्जाएको अन्न बालिको न्वागी (फु) रिन्पोछे लाई चढाउन आ उने हरु,आफ्न आफन्त लामा टावा हरुको लागी खाजा सामल पुराउन आ उने र गुम्बामा पाठ पूजाको लागि आउने हरुको बाक्लो आवत जावत हुने गर्दथ्यो।
समय को अन्तरालमा तोलाका गुम्बाको त्यो रौनकता निरन्तर रहन सकेन त्यो संम्रिद्ध धर्मिक संस्था माथि नेत्रित्व को लागी तात्कालिन ठुला बडा हरु राजनीतिक गिद्दे नजर पर्न थाले। पवित्र धर्मिक स्थल लाई राजनीति र सिमित ब्याक्ती हरुको अर्थ उपार्जन गर्ने थालो को रुपमा प्रयोग हुन थालयो, गुम्बा म प्रतिस थापित युगौ पुरानो
पुरतत्विक मुर्तिहरु षड्यन्त्र पूर्वक चोरी भयो निस्वार्थ एबं पवित्र धर्मिक प्रायोजन को लागी स्थापित धर्मिक स्थल माथि बिपरित कृयाकलाप हुन थालेपछी गुरु श्री कुस्य टुल्कु ज्यु बाट सामान्य पूजा पाठ बाहेक संपूर्ण प्रसासकिय कार्यभार बाट हात झिक्नु भयो।
त्यस पछीका दिनहरुमा ब्यावस्थाप न को कम्जोरी र अराजक गतिबिधिका कारण समुदायमा नकरात्मक दृष्टि कोण को बिस्तार हुन थाल्यो. पात्ले गा. बि. स. को वार्ड नं ३ मा अवस्थित गुम्बा लाई निहित स्वार्थ को लागि बिना कुनै कारण जनतार खानी गा. बि. स. को वार्ड नं ९ मा पर्ने भनी सिमाकरण गरियो। यो कदम बाट सर्ब साधारण को मन मा ति क्त्तता छायो। गुम्बा मा हुने पाठ पूजा हरुमा स्थानिय बासी हरुको उपस्थिती काम हुन थाल्यो, त्यस्तै गरी गुरु लामा कुस्य टुल्कु बाट पनि काठमन्डौ मा नै पलायन हुनु भए पछी तोलाका गुम्बा पुरै एकान्त मय भयो /
अहिले गुम्बामा पाठ पूजा नियमित हुनसकेको छैन भने स्याहर संभार हुन नसक्दा गुम्बा नजिकैका मनितुङ्ग्युर , सङ्दोङ पडी लगायत आसपासका छाम्खाङ हरु भात्किने क्रम मा छन्।धार्मिक स्थल्को यस्तो अवस्था हुन थाले पछी आफ्नो जिबन बौद्ध शिक्षामा र मनि जपमा उत्सर्ग गरेर गुम्बामा बस्तै आई रहेका टावा आनी तथा ब्रिद्ध ब्रिद्धा हरु पनि बिस्थापित भई सकेका छन्
यस्तै अवस्था निरन्तर रहिरहने हो भने आ उदो नौ दस बर्षा भित्र ऐतिहासिक तथा पुरतत्विक महत्व बोकेको तोलाका गुम्बा र आसपास का संरचनाहरु खन्ड हारको रुपमा पारीणत हुने निस्चित छ।
संबन्धित निकाय ले बेलामै बिचार नपुरए हाम्रो पित पुर्खाहरु को आस्थाको थलो हामी ईतिहास मा मात्रा वा तस्बिर हरुमा मात्र हेर्न पाउने छौ।
हाम्रा अग्रज हरुको थोपा थोपा रगत पसिना बाट स्रीजन गरेको संरचना हाम्रो नजर बाट ओजेलमा पर्दै छ। |